एनसेलद्वारा सरकारी अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग

 जेठ ८, २०७८ शनिबार १०:२२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एनसेल आजियाटा लिमिटेडले हस्तान्तरणकाे घाेषणा गरेकाे १५० थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटर्समध्ये पहिलो लट शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

कोभिड-१९ विरुद्ध स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा एनसेलले १५० थानभन्दा बढी पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले शुक्रवार अक्सिजन कन्सन्ट्रेटर्सको पहिलो लट अन्तर्गतका कन्सन्ट्रेटर्स स्वास्थ्य मन्त्रालयका प्रमुख विषेशज्ञ महेन्द्रप्रसाद श्रेष्ठलाई हस्तान्तरण गर्नु भएकाे हाे।

कोरोना बिरामीको उपचारका लागि अक्सिजनको चरम अभाव खेपिरहेका जिल्लास्तरीय अस्पतालहरुमा यी कन्सन्ट्रेटर्स हस्तान्तरण गरिने छन् ।

'एनसेलबाट आएको यो अक्सिजन कन्सन्ट्रेटर्स सहयोगको हामी कदर गर्दछौँ । अक्सिजनको चरम अभाव रहेको अहिलेको विषम परिस्थितीमा यी कन्सन्ट्रेटर्सले जीवन बचाउन एकदमै ठूलो महत्त्व राख्दछ' स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भन्नुभयाे ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्ले भन्नुभयाे, 'महामारीको समयमा अमूल्य जीवन बचाउन सहयोग पुर्याउने हेतुले हामी अस्पतालहरुलाई १५० थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटर्स प्रदान गर्दैछौँ । गएकाे वर्ष हामीले सरकारद्वारा स्थापित कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ योगदान गर्यौं । चौबीसै घण्टा स्वास्थ्य परामर्श दिनुका साथै घरमै आइसोलेशन बसेका सबैलाई दिनहुँ स्वास्थ्य परामर्श प्रदान गर्दछ ।' 

एनसेल कोभिड-१९ हटलाइन सेवा ९८०५५५४५०० मा फोन गरेर कोरोना भाइरस रोगसम्बन्धी कुनै पनि जिज्ञासा भए हटलाइनमार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीसँग निःशुल्क स्वास्थ्य परामर्श लिन सकिन्छ । साथै धुलिखेल अस्पतालमा स्थापना भएको हटलाइनको कल सेन्टरले देशभरि घरमै आइसोलेशनमा बसेका बिरामीलाई दैनिक निःशुल्क स्वास्थ्य परामर्श पनि प्रदान गर्दछ ।

यस अप्रत्याशित अवस्थामा आफ्ना ग्राहकका लागि सेवा सुनिश्चित गर्न र सबैलाई स्वस्थ तथा सुरक्षित वातावरण प्रदान गर्न एनसेल प्रयासरत छ । एनसेलले डेटा प्याकमा बोनस, वर्क फ्रम होम प्लानहरु, डिजिटल प्लाटफर्मबाट सेवाहरु खरिद गर्दा बोनस डेटा, सापटी सेवामा थप विकल्पहरु, जस्ता विभिन्न राहत प्याकहरु ग्राहकका लागि ल्याएको छ । यसले अत्यावश्यक सञ्चार सेवा माथिको पहुँच अझै सरल तथा सुलभ बनाउन योगदान गर्दछ । 

साथै आफ्ना कर्मचारी कल्याणका लागि संचालित अभियान अन्तर्गत, एनसेलले यस कठिन समयमा आफ्ना कर्मचारीहरुलाई विषेश होम केयर सहयोग पनि प्रदान गर्दै आएको छ । कम्पनीले डाक्टर तथा सम्बन्धित क्षेत्रका विज्ञहरुलाई भर्चुअल सेसन मार्फत कोभिड-१९ को लक्षण, बच्ने उपाय तथा त्यसको उपचार, फोक्सोको कार्य सुधार गर्ने तथा शरीरमा तनावको स्तर कम गर्ने विविध विषयमा कार्यक्रमहरु पनि सञ्चालन गरेको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया