स्वीकृति नलिइ बेच्न राखिएका स्यानिटाइजर प्रशासनद्वारा बरामद

 जेठ २२, २०७८ शनिबार २०:७:३१ | देव पचभैया
unn.prixa.net

पाल्पा – जिल्ला प्रशासन कार्यालय, पाल्पाले औषधि व्यवस्था विभागबाट स्वीकृति नलिइ बिक्रीका लागि राखिएका ह्याण्ड स्यानिटाइजर बरामद गरेको छ । सदरमुकाम तानसेनमा रहेका औषधि पसल तथा स्टोरमा आकस्मिक अनुगमन गर्दा अनुमति बिनाका ७५ लिटर भन्दा बढी ह्याण्ड स्यानिटाइजर बरामद गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

स्वीकृति नलिएका ह्याण्ड स्यानिटाइजर गुणस्तरहीन र हानिकारक हुन सक्ने भएकाले जफत गरिएको प्रशासनको भनाइ  छ ।  औषधि व्यवस्था विभागले स्वीकृति दिएका ६१ वटा बाहेक अन्य कम्पनीका समेत स्यानिटाइजर बिक्रीका लागी राखिएको पाइएकाे प्रशासनले जनाएकाे छ ।

यसरी विभागबाट स्वीकृत नभएका स्यानिटाइजर बिक्री नगर्न  सचेत गराएकाे छ । उपभाेक्तालाई पनि स्वीकृति प्राप्त स्यानिटाइजर मात्रै प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया