शेयर बजारमा नयाँ रेकर्ड : परिसूचक तीन हजार नजिक, एकै दिन साढे १९ अर्बको कारोबार

 जेठ ३०, २०७८ आइतबार १६:४६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैले आइतवार फेरि नयाँ रेकर्ड बनाएकाे छ । आज परिसूचक तीन हजार नजिक पुग्दा र साढे १९ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएसँगै नयाँ रेकर्ड कायम भएको हो । 

आज नेप्से परिसूचक ३८ दशमलव २३ अङ्कले बढेर २९ सय ८३ दशमलव १० अङ्कमा पुगेको हो । यसअघि गएकाे हप्ताकाे मङ्गलवार नेप्से २९ सय ६० दशमलव १४ विन्दुमा पुगेकाे थियाे । 

आज १९ अर्ब ५५ करोड रुपैयाँ बराबरका तीन करोड ७० लाख कित्ता शेयर किनबेच भएकाे नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । यसअघि गएको २३ गते १७ अर्ब २७ करोड रुपैयाँको शेयर कारोबार भएर रेकर्ड कायम भएको थियो । 

आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सबैभन्दा धेरै ७२ करोड २९ लाख रुपैयाँ बराबरकाे शेयर कारोबार भएको छ ।

आज श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, आईसीएफसी फाइनान्स लिमिटेड, कर्णाली डेभलपमेन्ट लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै रिलायन्स फाइनान्स लिमिटेडसहित ४० वटा कम्पनीको शेयर मूल्य नाै प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य भने ४ दशमलव १५ प्रतिशत घटेको छ । आज विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै ८ दशमलव २४ प्रतिशत अर्थात् तीन सय ८८ दशमलव २४ अङ्कले बढेको छ ।   

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया