‘प्रदेश सरकारकाे बजेटमा नचाहिने विषय धेरै समेटिएकाे छ’

 असार २, २०७८ बुधबार १९:२६:१० | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेश सरकारको बजेट सन्तुलित नभएको विपक्षीहरूले प्रतिक्रिया दिएका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रकाे संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले बजेट उत्साहप्रद नभएको बताउनुभयाे ।

‘बजेटले अनावश्यक विषयहरू धेरै समेटेको छ’, उहाँले भन्नुभयाे, ‘नीति तथा कार्यक्रममा पनि धेरै अनावश्यक कुराहरू आएको थियो, त्यहीअनुसार बजेट आयो । कोरोना महामारीको समयमा प्रदेश सरकारले आफ्नै सञ्चारमाध्यम खोल्ने विषय प्राथमिकतामा राखेको छ ।’ 

माओवादी केन्द्रकाे संसदीय दलका नेता जम्मकट्टेलले बजेटले दुर्गम क्षेत्रकाे समाजका पिछडिएका वर्गलाई समेट्ने गरी केही कार्यक्रम नल्याइएको टिप्पणी गर्नुभयाे । 

यस्तै कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बजेट अमूर्त आएको प्रतिक्रिया दिनुभयाे । विपद् व्यवस्थापन र प्रदेश गौरवको आयोजनाका रूपमा रहेको सुरुङ मार्गलाई नै निकै कम बजेट छुट्याइएको उहाँको भनाइ छ । 

‘प्राथमिकता प्राप्त योजनामा पनि बजेट निकै कम विनियोजन भएको छ’, नेता बानियाँले भन्नुभयाे, ‘सरकारले काम गर्ने गरी बजेट ल्याएको छैन । अहिलेको प्राथमिकता नै सरकारले बिर्सेको छ । 

विवेकशील साझा पार्टीका सांसद रमेश पौड्यालले सांसद विकास कोष खारेज हुनु सकारात्मक भएको भन्दै त्यही प्रकृतिको अर्को कार्यक्रम ल्याइएकाले आशङ्का कायमै रहेको बताउनुभयाे । खोप पहिलो प्राथमिकतामा रहनुपर्ने भन्दै उहाँले खोपका लागि विनियोजित बजेट नै अपर्याप्त रहेको टिप्पणी गर्नुभयाे । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया