निषेधाज्ञाकै बीच कामका लागि भारत जानेहरुको सङ्ख्या बढ्दै, हिजो एकैदिन १ हजारभन्दा धेरै भारत पसे

 असार ५, २०७८ शनिबार ११:४१:२२ | दुर्गा उपाध्याय
unn.prixa.net

फाइल फाेटाे

कञ्चनपुर - निषेधाज्ञाकै बीच मजदुरहरु भारत जाने क्रम बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेशमा निषेधाज्ञाकै बीच पनि गौरीफन्टा र गड्डाचौकी नाका हुँदै कामका लागि भारत जाने नेपालीहरुको सङ्ख्या दैनिक बढ्दै गएको हो ।

गएको जेठ १ गते गड्डाचौकीबाट १ सय १० र  गौरीफन्टा नाका हुँदै ६ सय ३ जना नेपाली भारत गएका थिए । त्यसपछि दैनिक भारत जाने मजदुरको सङ्ख्या बढ्दै गएको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । प्रहरी नायब उपरीक्षक थापाले सीमानाका हुँदै भारत जाने क्रम केही दिनयता बढेको बताउनुभयो ।

गएको जेठ २ गते गड्डाचौकीबाट २ सय ४५ र गौरीफन्टाबाट ५ सय ५६ गरी जम्मा ८ सय १ जना मजदुर भारत गए भने अस्ति ३ गते गड्डाचौकीबाट २ सय ७४ र गौरीफन्टाबाट ७ सय ५१ गरी एक हजार २५ जना नेपाली भारत गएका तथ्याङ्क छ ।

डोकेबजार प्रहरी चौकीका प्रहरी नायब निरीक्षक खड्कजङ्ग शाहीले गएको जेठ महिनामा मात्रै गौरीफन्टा नाकाबाट १२ हजार सात सयभन्दा धेरै नेपाली रोजगारीका लागि भारत गएका जानकारी दिनुभयो । उहाँले गौरीफन्टा नाकाबाट सुदूरपश्चिमका पहाडी जिल्लासँगै सुर्खेत, कालीकोट, प्युठान, बर्दिया र पाल्पाबाट समेत भारत जानेको सङ्ख्या बढेको बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया