प्रयोगात्मक सिकाइको लागि नेपालमै बनेको ‘साइन्स किट’ सार्वजनिक

 असार ५, २०७८ शनिबार १९:१७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रयोगात्मक र व्यावहारिक सिकाइ अनुभव निर्माणको लागि काम गरिरहेको संस्था कारखानाले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई लक्षित गरी नेपालमै तयार पारिएको साइन्स किट (विज्ञान सिकाइ सामग्री) सार्वजनिक गरेको छ । 

साइन्स किटमा विज्ञान विषयको पुस्तकमा भएका विषयवस्तुको लागि  प्रयोगात्मक सिकाइका सामग्री समावेश छन् । यस्तै किटमा कारखाना साइन्स नोट पनि उपलब्ध छ । किट प्रयोगको क्रममा हुन सक्ने अन्यौल हटाउन मार्गदर्शन गर्ने सामग्री पनि किटमा राखिएको छ । यस्तै डिजिटल गाइड बुक पनि कारखाना साइन्स किटकै साथमा उपलब्ध छ । 

नेपालमा पहिलोपटक यस्तो किट बनेको कारखानाको दाबी छ । विगत ८ वर्षको अनुसन्धानबाट किट तयार पारिएको कारखानाले जनाएको छ । कारखाना साइन्स किटको माध्यमले पाठ्यक्रममा भएका सबै विषयवस्तुलाई विद्यार्थीले व्यावहारिक रुपमा जान्न बुझ्न सक्ने र विज्ञानलाई किताबबाट बाहिर निकालेर अनुभव गर्न सक्ने कारखानाले जनाएको छ । 

कोरोना महामारीले व्यवहारिक र गुणस्तरीय शिक्षामा ठूलो प्रभाव पारेकोले कारखानाले अनुसन्धानबाट तयार पारेका सामग्रीले विद्यार्थीलाई अलमलमा पार्नबाट रोक्ने कारखानाको भनाई छ । यसले शिक्षक र विद्यार्थी दुबैलाई फाइदा पुग्ने र विद्यार्थीले घर घरमा साइन्स प्रयोगशालाको अनुभव गर्न पाउने कारखानाले जनाएको छ । 

बच्चाहरुको सिकाइलाई व्यावहारिक बनाउनुपर्ने  र आविष्कारको शिक्षा दिनुपर्ने आवश्यकता बुझेरै साइन्स किट्स लगायतको काम गरिरहेको कारखानाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतमले बताउनुभयो । कारखानाले प्रविधियुक्त शिक्षाको चक्र नै बनाएको दाबी उहाँको छ । साइन्स किटले २१ औँ शताब्दी अनुकूल शिक्षामा जोड दिएको दाबी गरिएको छ ।  

यी साइन्स किट्स अर्डर गर्नको लागि ९८०१८८८८२४, ९८०२०७१६२५ मा फोन गर्न वा कारखानाको वेबसाइट र फेसबुक पेजमा सम्पर्क राख्न सकिनेछ । यस्तै सस्तो डिल र यूजी बजारबाट पनि अर्डर गरेर साइन्स किट घरमै पुर्याउने व्यवस्था गरिएको छ । 

कारखानाले साना नानीबाबुको लागि विज्ञान सम्बन्धी जानकारी दिने पुस्तक र किट बनाउने काम गरिरहेको पनि जनाएको छ । 

कारखाना शिक्षा सम्बन्धी अनुसन्धान गर्ने एउटा संस्था हो । यसले सिकाइका नयाँ पद्धतीहरु, पाठ्यक्रमदेखि लिएर कक्षाकोठामा सिकाइका योजनामा अनुसन्धानको काम गर्दछ । यो शिक्षकहरुको समूह पनि हो । जसले कसरी व्यावहारिक र प्राविधिक शिक्षा दिने भन्ने विषयमा पनि काम गर्दै आएको छ  । यस्तै कारखानाले व्यावहारिक र प्राविधिक शिक्षाको लागि चाहिने विभिन्न सामग्रीको उत्पादन पनि गर्दै आएको छ ।  

व्यावहारिक र प्रविधिमैत्री शिक्षाको लागि २०७३ सालदेखि काम थालेकोमा अहिले ६ हजार १ सय विद्यार्थीमा पुगिसकेको कारखानाले जनाएको छ । नेपालबाहेक अन्य ५ वटा देशमा पनि कारखानाले बनाएका सिकाइका सामग्री पुगेका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया