नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या, बिहानदेखि फोन नलाग्दा सेवाग्राही समस्यामा

 असार ९, २०७८ बुधबार ७:१२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । बुधवार बिहानैदेखि काठमाण्डाैसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ । तर, के कारण समस्या देखिएको भन्ने थाहा भएको छैन । मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा परेका छन् । यसअघि पनि बेला बेलामा टलिकमको सेवामा समस्या हुने गरे पनि मर्मत पछि फेरि सेवा सुरु गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया