नेप्से लगातार ओरालो लाग्दै, झन्डै १७ अङ्कले घटेर २८ सय ४३ विन्दुमा

 असार १०, २०७८ बिहीबार १५:१८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन पनि घटेको छ । होटल र जलविद्युतबाहेक अरू सबै समूहको शेयर ओरालो लागेपछि नेप्से बिहीवार १६ दशमलव ९६ अङ्कले घटेर दुई हजार आठ सय ४३ विन्दुमा झरेको छ ।

आज बैंकिङ समूहको शेयर साढे सात अङ्कले, विकास बैंकको झन्डै ७३ अङ्कले, व्यापारको २६ अङ्कले, फाइनान्स समूहको २९ र माइक्रोफाइनान्स समूहको शेयर ४९ अङ्कले घटेको छ । यस्तै जीवन बीमा समूहको शेयर एक सय ४४ अङ्कले,  निर्जीवन बीमा समूहको एक सय ७७, उत्पादनको साढे ४१, अन्यको ३० र लगानी समूहको शेयर एक सय नौ अङ्कले घटेको छ ।

आज दुई सय १९ कम्पनीका एक करोड ३२ लाख कित्ता शेयर सात अर्ब तीन करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ३७ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज ङ्यादी ग्रुप पावर लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि माथिल्लो तामाकोशी कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।  

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया