अवैध मोबाइल प्रयोग निरुत्साहित गर्ने उद्देश्यले सफ्टवेयर लागू

 साउन १, २०७८ शुक्रबार ७:३३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध मोबाइल प्रयोग निरुत्साहित गर्ने उद्देश्यले सफ्टवेयर लागू गरेको छ ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू भएको र यो प्रणालीले नेपाल भित्रिएका अवैध मोबाइल बन्द गर्ने र वैध मोबाइल मात्रै सञ्चालन हुने प्राधिकरणले जनाएको छ । अब विदेशबाट किनेर वा उपहारका रुपमा आएका मोबाइलको आईएमईआई दर्ता गर्नुपर्छ । दूरसञ्चार प्राधिकरणको वेबसाइटबाट आईएमईआई नम्बर दर्ता गर्न सकिन्छ ।

वेबसाइटबाट आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता छ कि छैन भनेर पनि हेर्न सकिन्छ । तर दर्ता नभएका मोबाइल तत्काल बन्द हुँदैनन् । भन्सारबाट भित्रिएका मोबाइलको आईएमईआई नम्बर र प्रयोगकर्ता आफैंले दर्ता गराएको आईएमईआई नम्बर एमडीएमएसमा सूचीकरण गर्ने काम भैरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार विदेशमा चोरी भएका वा कर नतिरी नेपाल भित्रिएका मोबाइल सेटको प्रयोग निरुत्साहित गर्ने उदेश्यले यो प्रणाली लागू गरिएको हो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • सुरज

    July 16, 2021, 9:33 p.m.

    अबैध मोबाइलको लागि नभएर अबैध नियतले यो नियम लगाएको भान भैरहेको छ..

  •  0 Reply

तपाईको प्रतिक्रिया