माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने

 साउन १, २०७८ शुक्रबार १९:३५:१६ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – नेकपा माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रले एउटा मन्त्रालय लिएर शनिवार सहभागी हुने भएकाे हाे । 

नेकपा माओवादी केन्द्र प्रदेश २ का संसदीय दलका नेता भरत साहले उज्यालोसँग कुराकानी गर्नु हुँदै आफ्नै नेतृत्वमा एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने बताउनुभयो । शनिवार दिउँसो ३ बजेको समयमा आन्तरिक मामिला, सञ्चार वा भूमि व्यवस्था मध्ये एक मन्त्रालय लिएर सरकारमा सहभागी हुने निश्चित भएकाे उहाँले जानकारी दिनुभयाे । 

सरकारमा सहभागी हुनेमा संसदीय दलका नेता भरत साह र प्रदेश सभा सदस्य रुबी कर्ण रहेका छन् । 

सुरुमा दुई वटा मन्त्रालय दिइने बताइए पनि अहिले केन्द्रीय नेतृत्वका कारण एउटा मन्त्रालयमा चित्त बुझाएर सरकारमा सहभागी हुनुपर्ने अवस्था सिर्जना भएको नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता जगत यादवले बताउनुभयो ।

यसअघि जेठको अन्तिम हप्तामै प्रदेश सरकारमा सहभागी हुने बताइए पनि अन्तिम समयमा आएर आन्तरिक कारणले सरकारमा सहभागी नभएको नेता यादवकाे भनाइ छ ।   

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया