मध्यपूर्वको द्वन्द्वले दीर्घकालसम्म असर पार्ने अन्तर्राष्ट्रिय मुद्रा ...
कात्तिक १६, २०८१ शुक्रबार
दाङ - डिभिजन वन कार्यालय दाङको पहाडी भेगलाई जडीबुटी पकेट क्षेत्रको रुपमा विकास गरिने भएको छ । त्यसका लागि जडीबुटीका ७० हजार बिरुवा रोपिएको छ । जडीबुटीमार्फत स्थानीयबासिन्दाको आयआर्जन बढाउने उद्देश्य रहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
यो वर्ष दाङको पहाडी क्षेत्र बङ्गलाचुलीका गाउँपालिकाका ५ वटा वडा र घोराही उपमहानगरपालिकाका २ वटा वडा गरी ७ वटा वडामा टिमुर, मालागेडी र तेजपातलगायतका ७० हजार भन्दा धेरै बिरुवा रोपिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
६ सयभन्दा धेरै किसानको जग्गा, सामुदायिक वनको खाली क्षेत्र र सामुदायिक विद्यालयको जग्गामा बिरुवा रोपिएको सर्वोत्तम बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले जानकारी दिनुभयो । डिभिजनल वन अधिकृत विजयराज सुवेदीले दाङको पहाडी क्षेत्रमा टिमुर खेतीको प्रचुर सम्भावनालाई केन्द्रीत गरेर डिभिजन वन कार्यालयले जडीबुटीमार्फत स्थानीयबासिन्दाको आयआर्जन वृद्धि गर्न लागेको बताउनुभयो ।
बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जडीबुटी विस्तार कार्यक्रमलाई गाउँपालिकाले आफ्नै कार्यक्रमका रुपमा लिइ स्थानीयहरुलाई बिरुवा रोप्न प्रेरित गरिरहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।