बैतडीमा करेन्ट लागेर दाजुभाइको ज्यान गयो

 साउन २१, २०७८ बिहिबार ८:३३:५० | जयराज अवस्थी
unn.prixa.net

बैतडी - बँदेलका लागि बिच्छयाइएको विद्युतीय धरापमा पर्दा बैतडीमा दुई दाजुभाइको ज्यान गएको छ । करेन्ट लागेर सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको ज्यान गएको हो ।

गएराति घर नजिकै रहेको मकैबारीमा बँदेलका लागि बिच्छयाइएको बिजुलीको तारमा पर्दा उनीहरुकाे ज्यान गएको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार बँदेल मार्न मकैबारीमा करेन्ट छाडिएको थियो ।  उनीहरु बँदेल धपाउन मकैबारी गएका बेला करेन्ट लागेको भन्ने अनुमान गरिएको छ ।

घटनाका अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ । बैतडीका धेरैजसो ठाउँमा लगाइएको मकैबाली बँदेलले नष्ट गर्न थालेकाले किसानलाई बाली जोगाउन धौधौ परेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया