पहाडी केही क्षेत्रको मौसम आंशिक बदली : थोरै ठाउँमा हल्का वर्ष...
कात्तिक १६, २०८१ शुक्रबार
दाङ - राप्ती नदीकाे भेलमा बगेर आठ किलोमिटर तल पुगेकी एक महिलाको सकुशल उद्धार गरिएको छ । देउखुरीको गढवा गाउँपालिका-३ गोबरडिहाकी ४० वर्षीया टेकरानी चौधरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले गएराति राप्ती नदीबाट उद्धार गरेको हो।
बिहीवार दिउँसाे गोबरडिहको राप्ती घाटमा दाउरा निकाल्ने क्रममा उहाँलाई नदीकाे भेलले बगाएकाे हाे । टेकरानीले नदीको वेग तीव्र भएका कारण निस्कन नसकेकाे र पानीकाे वहाब भएतिरै बग्दै गएकाे बताउनु भएकाे छ।
'झण्डै आठ किलाेमिटर बगेपछि पानीकाे छालले किनारा लगायाे । तर आफू कहाँ पुगेकाे पत्ताे पाइनँ । राप्तीकाे टापुमा खर समाेतर अडिएँ । पानीबाट बाहिए निस्किएँ । चारैतिर हेरेँ, अनि गुहार मागेँ' उहाँले भन्नुभयाे।
राप्ती वारि लमही नगरपालिका-४ को बुटकहावा गाउँका स्थानीय तरकारी टिप्न लागेका थिए । उनीहरुले टेकरानीले गुहार मागेको सुनेर प्रहरीलाई खबर गरे । राप्ती नदीमा मान्छे फसेको खबर पाए लगत्तै वडा प्रहरी कार्यालय लमहीबाट प्रहरी नायब निरीक्षक पुराण मल्ल, विष्णु केसीलगायतको टोली घटनास्थल पुगेको थियो ।
झण्डै ४ घण्टा राप्ती नदीको बीच टापुमा फसेकी टेकरानी कराएकाे सुनेर वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक विष्णु केसी र प्रहरी जवान प्रकाश चौधरी नदीमा हामफाल्नु भएको थियो।
सशस्त्र प्रहरीको उद्धार टोली घटनास्थल नपुग्दासम्म टेकरानी भएको ठाउँमा पुगेर उहाँलाई सान्त्वना दिइएको प्रहरी नायब निरीक्षक केसीले बताउनु भयो। अहिले टेकरानीको लमही अस्पतालमा प्राथमिक उपचार भइरहेको उहाँले बताउनु भयाे ।
फाेटाे साैजन्य : प्रिया स्मृति गजमेर
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।