फुडी एप भोजबाट खरिद गरि 'आइएमई पे' मार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक

 साउन २९, २०७८ शुक्रबार १२:५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुशन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे' र भोजबीच सम्झौता भएको छ । 

सम्झौता अनुसार नेपालको वान स्टप फुडी एप भोजबाट खरिद गर्दा सेवाग्राहीहरुले अबदेखि 'आइएमई पे'एप मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने भएका छन् । 

 अब भोजबाट 'आइएमई पे' मार्फत खरिद गर्दा ५ सय रुपैयाँ नबढ्ने गरि २० प्रतिशत क्यासब्याक सेवाग्राहीले प्राप्त गर्न सक्ने भएका छन् ।  अफर २९ साउनदेखि भदौ ३ गतेसम्म लागू हुने छ।

आइएमई डिजिटल सोलुशन लिमिटेडका बजार व्यवस्थापक आमोद भट्टराईले  आइएमई पेबाट भुक्तानी गर्दा  सेवाग्राहीहरुले अधिकतम फाइदा लिनसक्ने विश्वास व्यक्त गर्नुभयो ।

भोजका सह–सस्थापक निकेत अग्रवालले भोजदिल्स्बाट खरिद गर्दा ‘आइएमई पे' मार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पाउने बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया