दाङमा दुई दिनदेखि परेको अविरल वर्षाका कारण घर भत्कियाे

 साउन २९, २०७८ शुक्रबार १३:१:१७ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दुई दिनदेखि परेको अविरल वर्षाका कारण दाङको तुलसीपुर उपमहानगरपालिका-११ बेलगनारमा एक घर भत्किएकाे छ । लगातारकाे वर्षाका कारण आज बिहान रामु चौधरीको घर भत्किएको हाे ।

 घर भत्किँदा साढे दश लाख बराबरको क्षति भएको जनाइएको छ ।

घर भत्किँदा अन्नपात सबै नष्ट हुनुका साथै घरमा भएको नगद २ लाख रुपैयाँ नगद पनि नभेटिएको स्थानीय महेश थारुले बताउनु भयो ।

परिवारका सबै सदस्य उठेर घर बाहिर भएकाले मानवीय क्षति भने नभएको थारुले बताउनुभयो।

चौधरी परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया