समयमा फर्कन्न नपाउँदा दुबईको भिसा सकियो, यसरी लिनुहोस् प्रवेश अनुमति

 भदौ १, २०७८ मंगलबार १७:२३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ  दुबईबाट बिदामा स्वदेश आउनुभएको थियो र कोरोना महामारीको कारण फर्कन नपाउँदा भिसाको अवधि सकिएको छ ?

यदि त्यसो हो भने अब यूएई प्रवेशका लागि विभिन्न प्रक्रिया गर्नुपर्ने भएको छ ।  १८० दिनभन्दा बढी यूएई बाहिर  रहेका र दुबईको आवासीय भिसाको अवधि सकिएकाहरुले https://amer.gdrfad.gov.ae/visa-enquiryवेबसाइटमा गई प्रवेश अनुमतिको लागि अनुरोध गर्नुपर्छ । यदि सहमति प्राप्त भएमा मात्र दुबई प्रवेश गर्न सकिन्छ । 

दुबईको भिसा हुनेले यही वेबसाइटबाट आफ्नो भिसाको अवस्था पनि हेर्न सकिन्छ । दुबईले कोरोना महामारीको कारण फर्कन नपाएका विदेशी नागरिकको भिसा आउँदो डिसेम्बरसम्म नै बढाइदिने निर्णय गरिसकेको छ । 

दुबईको आवासीय भिसा भएका नेपालीहरूले कोरोनाको खोप लगाएको प्रमाणपत्र पेस नगरे पनि दुबई प्रवेश गर्न पाइन्छ ।

तर खोप प्रमाणपत्र नचाहिने भए पनि ४८ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट र चार घण्टाभित्रको र्‍यापीड पीसीआर परीक्षण भने चाहिन्छ । तर खोप लगाएको प्रमाणपत्रबिना दुबई बाहेक यूएईका अन्य राज्यहरूमा प्रवेश गर्न पाइनेछैन । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया