इजरायलले गाजामा गरेको पछिल्लो सैन्य आक्रमणमा ४६ जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले पदबाट राजीनामा दिनुभएको छ । ‘बुक विल्डिङ’ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको शेयर आफ्नी श्रीमतीको नाममा खरिद गरेपछि विवादमा तानिएका प्रमुख कार्यकारी अधिकृत साउदले आज मङ्गलवार पदबाट राजीनामा दिनुभएको हो ।
पदबाट राजीनामा दिएपछि पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफूले विद्यमान नियम, कानुन अनुरूप नै शेयर खरिद गरेको बताउनुभयो । अन्तर्राष्ट्रिय कानुनलाई परिभाषित गर्दै आफूलाई दोषारोपण गरिएको भन्दै उहाँले सरकारले छानबिन समिति समेत बनाएको सन्दर्भमा सरकारलाई सघाउनका लागि आफूले राजीनामा दिएको उल्लेख गर्नुभयो ।
साउदले आफ्नो कार्यकालमा नेपालका लगानीकर्ता र नेपालको पुँजीबजारको विकास र विस्तारका लागि गर्नुपर्ने हरदम कोसिस गरेको बताउनुभयो । दैनिक रूपमा डेढ अर्बको कारोबार हुने बजार आज २१ अर्बको कारोबार हुनसक्ने अवस्थामा पुर्याएकाे उहाँको दाबी छ ।
उहाँले भन्नुभयो, ‘हामीहरूसँग भएको कर्मचारी नियमावली र म सञ्चालक पनि भएको नाताले नेपाल स्टक एक्सचेन्जको सञ्चालकको आचारसंहिता अन्तर्गत रेगुलेटेड सेकेन्डरी मार्केटको शेयर मात्रै हामीले किन्न नमिल्ने हो । बाँकी बी रेगुलेटेड सबै कम्पनीको शेयर किन्न मिल्ने नियम, कानुन छ । त्यो नियम, कानुन अन्तर्गत मैले शेयर किनेको थिएँ । हाम्रो देशको जे नियम, कानुन छ, त्यो हामीले मान्नुपर्ने हुन्छ । तर अहिले बजारमा हल्ला के आयो भने अन्तर्राष्ट्रिय नियम, कानुनलाई परिभाषित गर्दै यिनीहरूले कार्टेलिङ गरे भन्ने जस्ता कुरा आए । हामीकहाँ दोस्रो बजारमा प्लेटफर्म उपलब्ध गराउने काम नेपाल स्टक एक्सचेन्जको हो । र त्यो कम्पनीको मूल्य निर्धारण गर्ने, त्यसका लागि प्रारम्भिक बजारमा आईपीओ निष्कासन गर्ने, नियम कानुन बनाउने संस्था यो होइन । यो चाहिँ कार्यान्वयन गर्ने संस्था हो । नियमन गर्ने संस्था होइन ।’
बजारमा नियामक प्रमुख पनि यसैमा आबद्ध भएको भन्ने किसिमका समाचार आएका कारण आफूले नैतिकतालाई आधार मानेर राजीनामा दिएको साउदले प्रष्ट पार्नुभयाे । नेपाल सरकारले छानबिन समिति बनाएर अर्थ मन्त्रालयमा तयार गरेको परिस्थितिमा सहयोग गर्ने उद्देश्यले आजैको मितिदेखि लागू हुने गरी राजीनामा पत्र बुझाएकाे उहाँले बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।