आईएमई पे एपबाट क्यूआर स्क्यान गर्दा १ हजार रुपैयाँ जित्न सकिने

 भदौ १६, २०७८ बुधबार ९:२२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ‘एप एक क्यूआर अनेक ’ भन्ने मूल नाराका साथ अब आईएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यूआर स्क्यान गर्दा एक हजार रुपैयाँसम्म जित्न सकिनेछ । यो योजना १६ भदौ देखि १४ असोज सम्म लागू हुने आईएमईले जनाएको छ ।

नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यूआर, युनियन पे र आईएमई पे क्यूआर सेवाग्राहीहरुले सजिलै आईएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । सबै क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आईएमई पे एप एक मात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप हो ।

नेपालमा क्यूआर स्क्यान गरी  भुक्तानी गर्ने व्यवहार बढ्दै गएको भन्दै आईएमई पेको यो सेवाले डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने जनाइएको छ । ‘आइएमई पे ’ आइएमई डिजिटल सोलुशन लिमिटेडद्वारा प्रवर्द्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झण्डै ३५ हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आईएमई पे’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया