कोरोना विरुद्धको खोप लगाएका यात्रुलाई आबुधाबीले क्वरेण्टीनको नियम हटायो

 भदौ १७, २०७८ बिहिबार १६:७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  आउँदो आइतबार अर्थात सेप्टेम्बर ५ देखि कोरोना विरुद्धको पूरा खोप लगाएर यूएईको आबुधाबी जाने यात्रुले क्वरेण्टीन बस्न नपर्ने भएको छ ।

आफ्नो नीतिलाई परिवर्तन गर्दै यूएईको इमर्जेन्सी, क्राइसिस एण्ड डिजास्टर कमिटीले खोप लगाएर आएका यात्रुले क्वरेण्टीन बस्न नपर्ने नियम ल्याएको हो । 

यो नियम अन्तर्राष्ट्रिय उडान मार्फत आउने सबै यात्रुका लागि लागू हुने खबर गल्फ न्युजले लेखेको छ ।

खोप लगाएका र यूएईले ग्रिन लिष्टमा राखेका देशबाट आउने यात्रुले प्रस्थानभन्दा ४८ घण्टा अगाडिको पीसीआर नेगेटिभ रिपोर्ट देखाउन पर्छ । यस्तै आबुधाबी पुग्नासाथ पीसीआर परीक्षण गर्नुपर्छ भने त्यहाँ पुगेको ६ दिनपछि पुनः पीसीआर परीक्षण गर्नुपर्छ ।


ग्रिन लिष्ट भन्दा अन्य देशबाट आउने यात्रुले पनि प्रस्थानभन्दा ४८ घण्टा अगाडिको पीसीआर नेगेटिभ रिपोर्ट देखाउन पर्छ । आबुधाबी पुगेपछि पीसीआर परीक्षण हुने छ भने त्यसपछि त्यहाँ पुगेको चौथो र आठौं दिनमा पनि पीसीआर परीक्षण गर्नुपर्छ ।

यस्तै कोरोना विरुद्धको खोप नलगाएका तर ग्रिन लिष्ट देशबाट गएकाहरुले पनि प्रस्थानभन्दा ४८ घण्टा अगाडिको पीसीआर नेगेटिभ रिपोर्ट देखाउन पर्छ । आबुधाबी पुगेपछि पनि पीसीआर परीक्षण गर्नपर्छ । तर क्वरेण्टीनमा बस्न पर्दैन । त्यसपछि ६ दिनमा र ९ दिनमा पुन ः पीसीआर परीक्षण गर्नुपर्छ ।

तर खोप नलगाएका रेडलिष्ट देशबाट आएका यात्रुले भने प्रस्थानभन्दा ४८ घण्टा अगाडिको पीसीआर नेगेटिभ रिपोर्टका साथै आबुधाबी पुगेपछि १० दिन क्वरेण्टीनमा बस्न पर्छ । ९ दिनको दिनमा पीसीआर परीक्षण हुनेछ । 
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया