यूएईले देश बाहिर रहेकालाई प्रवेशमा बनायो थप सहज

 भदौ २७, २०७८ आइतबार १७:१९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना महामारीको कारण छाडेको ६ महिना बित्दा पनि यूएई फर्कन नपाएका विदेशी नागरिकलाई यूएई प्रवेशका लागि सहज भएको छ ।

कोरोनाको दुवै मात्रा खोप लगाएका र भिसा भएकाहरुलाई यूएई छाडेको ६ महिना कटेको भए पनि पुनः प्रवेशमा सहज बनाइएको स्थानीय सञ्चार माध्यमले खबर लेखेका छन् ।

 
अगष्ट ५ देखि कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएकाहरुलाई यूएई प्रवेशमा सहज बनाइएको भए पनि यूएई छोडेको ६ महिना कटिसकेकाहरुका सम्वन्धमा भनें के गर्ने भन्ने व्यवस्था थिएन ।

तर आज अर्थात सेप्टेम्बर १२ देखि भने यूएई सरकारले कोरोना महामारीको कारण यूएईले लागएको प्रतिबन्धका कारण फर्कन नपाउदा ६ महिनाभन्दा धेरै समय यूएई बाहिर बसेको भए पनि प्रवेश गर्न पाउने भनेको हो ।

यूएईले नेपालीसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भियतनाम लगायत देशका नागरिकले प्रवेश पाउने जनाएको छ । 


विश्व स्वास्थ्य संगठनले मान्यता दिएको जुनसुकै खोप लगाएको भए पनि यूएई प्रवेश गर्न पाइनेछ । तर प्रवेश गर्नुभन्दाअघि यूएई प्रवेश गर्न चाहनेहरुले भने लिन पर्छ । यूएई जाने यात्रुको साथमा पछिल्लो ४८ घण्टाभित्र परीक्षण गरिएको कोरोना नेगेटीभ रिपोर्ट क्यूआर कोड सहितको हुनुपर्नेछ । रिपोर्ट पनि उडान अघि नै पेश गर्नु पर्दछ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया