बहराइनमा आन्दोलनरत श्रमिक : घर फर्कन चाहनेलाई नियम अनुसार पाउने सेवा सुविधासहित स्वदेश पठाइने

 भदौ २८, २०७८ सोमबार १७:२१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बहराइनको एनएसएच कम्पनीबाट स्वदेश फर्कन चाहने नेपालीको स्वदेश फिर्तीका लागि प्रक्रिया थालिएको छ ।

बहराइनमा रहेको नेपाली दूतावासका अनुसार कम्पनी व्यवस्थापकसँग भएको विवादपछि स्वदेश फर्कन चाहने नेपाली श्रमिकको स्वदेश फिर्तीका लागि नयाँ ठाउँमा स्थानान्तरणसमेत गरिएको जनाएको छ ।

सेप्टेम्बर १२ मा दूतावास, बहराइनको श्रम मन्त्रालय र कम्पनीका पदाधिकारीको रोहवरमा घर फर्कन चाहने श्रमिकलाई स्वदेश फिर्तीको सहजीकरणको लागि स्थानान्तरण गरिएको हो । 

श्रमिकले नियम अनुसार पाउनु पर्ने सेवा सुविधाहरुका सम्बन्धमा हिसाब मिलाएर मात्रै नेपाल पठाइने दूतावासले जनाएको छ । 

कम्पनीमा विभिन्न समस्याहरू भएपछि एनएसएच कम्पनीमा कार्यरत ७ सयभन्दा धेरै श्रमिक काम छाडेर आन्दोलनमा उत्रिएका थिए । श्रमिकहरूले काम छाडेर आन्दोलन थालेपछि दूतावासले समस्या समाधानको बाटो अघि बढाएको हो । नेपाली श्रमिकको समस्या समाधानका लागि बहराइन सरकारसमेत सकारात्मक देखिएको छ । अब छिट्टै सबै श्रमिकको विश्वास लिएको दूतावासले जनाएको छ । 

दूतावासले एनएसएच वा बहराइन कै अन्य स्थानमा कार्यरत नेपाली श्रमिकलाई नियम पूर्ण पालना गर्दै नेपाल र बहराइनबिचको मित्रवत सम्बन्धमा थप टेवा पु¥याउने गरी काम पनि अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया