अझै पनि मेघगर्जनसहित वर्षाको सम्भावना छ, तर पूर्वानुमान गर्नै कठिन–मौसमविद्

 असोज ५, २०७८ मंगलबार ८:३६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अझै केही दिन देशका धेरै ठाउँमा हिजोजस्तै मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हिजो काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी परेको थियो ।

मनसुन निष्क्रिय भए पनि भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै स्थानीय वायुको  प्रभाव पर्दा हिजो धेरै ठाउँमा मेघगर्जनसहित धेरै ठाउँमा मेघगर्जनसहित ठूलो वर्षा भएको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

यस्तो अवस्था अझै केही दिन रहन सक्ने मौसमविद् अर्यालले बताउनुभयो । उहाँका अनुसार अहिले स्थानीय वायुको प्रभावका कारण तत्कालै मेघगर्जनसहित पानी पार्ने गतिविधि बन्ने भएकाले यसबारे पूर्वानुमान गर्न कठिन हुने गरेको छ ।

अहिले देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली छ । लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । यी प्रदेशका एक/दुई ठाउँमा आज ठूलो पानी पर्ने मौसमविद्को अनुमान छ । यस्तै, राति वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य केही ठाउँमा पनि मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ । 


 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया