बैतडीकाे पाटन नगरपालिकाभित्रका विद्यालयमा संस्कृत विषय पढाइने

 असोज ६, २०७८ बुधबार ११:४:२५ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीको पाटन नगरपालिकामा आधारभूत तहमा संस्कृत विषय पढाइने भएको छ । नगरपालिका भित्रका विद्यालयहरुमा कक्षा ६ देखि ८ सम्म संस्कृत विषय पढाइने भएको हो । 

नगर कार्यपालिकाको बैठकले पालिकाभित्रका विद्यालयहरुमा संस्कृत विषय पठनपाठन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । संस्कृत विषय अध्ययनले भाषागत ज्ञानको विकास गर्ने र भाषागत शुद्धतामा समेत सहयोग गर्ने भएकाले कक्षा ६ देखि ८ सम्म संस्कृत विषय पठनपाठन गर्ने निर्णय भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिनुभयो ।

आधारभूत तहमा कुनै एउटा बिषय अध्यापन गर्नुपर्ने भएकाले कक्षा ६ देखि ८ सम्म आफूहरुले संस्कृत बिषय पठनपाठन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । आफुहरुसंग संस्कृत बिषय पढाउनका लागि जनशक्ति पनि रहेको र यसले आधारभूत तहमा भाषाका बिषयमा पनि ज्ञान दिने भएकाले संस्कृत विषय पठनपाठनको तयारी गरेको शिक्षा शाखा प्रमुख भट्टले बताउनुभयो ।

पछिल्लो समयमा संस्कृत विषयको पढाई नहुँदा विद्यार्थीहरुमा भाषागत समस्या समेत आएकाले नैतिक शिक्षा र भाषागत ज्ञानको विकासका लागि पनि संस्कृत विषयले महत्वपूर्ण योगदान पुर्याउने नगरपालिकाले भनाइ छ ।
यसअघि जिल्लाका २ वटा विद्यालयहरुमा संस्कृत विषय अध्यापन हुँदै आइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया