पोस्ट मनसुनका गतिविधि देखिँदै, आज पनि मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने

 असोज ११, २०७८ सोमबार ८:४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मनसुन बाहिरिने क्रममा रहेकाले पोस्ट मनसुनमा देखिने खालका गतिविधि देखिन थालेको छ ।

विशेषगरी अक्टोबर र नोभेम्बर महिनालाई पोस्ट मनसुन मानिन्छ । तर, अहिले मनसुनको अवधिको समय परिमार्जन गर्दै जुन १३ तारिखदेखि अक्टोबर २ तारिखसम्म तोकिएकाले मौसमविद्ले पोस्ट मनसुनका गतिविधि सुरु भएको औपचारिक घोषणा भने गरेका छैनन् ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुन नेपालबाट पूर्ण रुपमा बाहिरिए पछि पोस्ट मनसुन घोषणा गरिने छ  । अहिले मनसुन निष्क्रिय भए पनि बाहिरिसकेको छैन । मनसुन सुरु हुनु अघिको प्रि-मनसुन र मनसुन सकिए पछिको पोस्ट मनसुनमा उस्तै खालका मौसमी गतिविधि देखिन्छ ।

एकैछिनमा पानी पार्ने प्रणाली बन्ने र मेघगर्जन र चट्याङ्गसहित छोटो समयका लागि पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । पोस्ट मनसुनमा मनसुनको जस्तो लगातार झरी पर्दैन । मनसुनमा मसिनो पानी लगातारजसो पर्छ भने पोस्ट र प्रि-मनसुनमा ठूला-ठूला थोपासहित पानी पर्छ ।

आज पनि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित छोटो समयका लागि पानी पर्ने मौमसविद्ले बताएका छन्  । हिजो जस्तै दिउँसो पछि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया