काठमाण्डौ उपत्यकामा आज पनि हिजाेकाे जस्तै वर्षाकाे सम्भावना

 असोज १९, २०७८ मंगलबार ६:५२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा हिजो बेलुकादेखि भइरहेको वर्षा अहिले रोकिएको छ । अहिले बिहानदेखि पानी पर्न रोकिएको हो । उपत्यकासहित वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हिजो बेलुकीदेखि नै ठूलो वर्षा भएको थियो ।

अहिले पानी पर्न रोकिए पनि बेलुका पख भने फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार भारतको बिहार आसपास क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको असरले काठमाण्डौ उपत्यकासहित केही ठाउँमा ठूलो पानी परेको हो । यस्तै, अक्टोबर महिना लागिसकेकाले अहिले पोस्ट मनसुनको जस्तो गतिविधि पनि देखिन थालेकाले अचानक बादल बनेर ठूलो पानी पर्न थालेको उहाँको भनाइ छ ।

पोस्ट मनसुनमा स्थानीय वायुको प्रभावका कारण एकैछिनका पानी पार्ने बादल विकसित हुने भएकाले पूर्वानुमान गर्न कठिन हुने मौसमविद्ले बताउँदै आएका छन् । हिजो बेलुकादेखि अघि बिहानसम्म लगातार परेको वर्षाका कारण काठमाण्डौ उपत्यकाका खोलामा पानीको सतह बढेको छ ।

यस्तै, अहिले लुम्बिनी प्रदेशका केही ठाउँमा पानी पर्न थालेको मौसमविद्ले बताएका छन् । त्यहाँका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । मनसुन बाहिरी नसकेकाले देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने मौसमविद्ले बताएका छन् ।
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया