पर्सिदेखि देशभरको मौसम बद्ली हुने, चट्यांग र हावाहुरीसहित ठूलो वर्षाको सम्भावना

 असोज २९, २०७८ शुक्रबार १९:४८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – देशका धेरै ठाउँको मौसम अहिले सफा भए पनि पर्सिदेखि बद्ली हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन निकालेर पर्सिदेखि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जानकारी गराएको हो ।

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले भोलि नेपालमा आंशिकदेखि सामान्य बदली हुने मौसमविद् शान्ती कडेलले बताउनुभयो । पर्सि आइतबारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली भइ धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने उहाँले बताउनुभयो । उहाँका अनुसार केही ठाउँमा मेघ गर्जन, चट्यांग र हावाहुरीसहित ठूलो वर्षाको समेत सम्भावना रहेको छ ।

मौसमविद्ले यो समयमा खेतीपाती गर्दा र यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । दशैँमा गाउँघर गएकाहरुलाई सडकको अवस्था बुझेर मात्र फर्किन पनि उनीहरुको सुझाव छ ।

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया