बुधवारसम्म नै धेरै ठाउँमा पानी पर्ने, सुदूरपश्चिमका नदीमा बाढीको चेतावनी

 असोज ३१, २०७८ आइतबार १८:३४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै – हिजाे शनिवार रातिदेखि देशका धेरै ठाउँमा मौसम बदली भएको छ । केही ठाउँमा पानी परिरहेको छ । भारतको ओडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेकाले मौसम बदली र पानी पर्न सुरु भएको हो । 

आउँदो बुधवारसम्म नै पानी पर्ने र केही ठाउँमा ठूलाे पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वका केही ठाउँमा हिजो शनिवार ठूलो पानी परेकोमा आज आइतवार मध्य क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना छ । सुदूरपश्चिम प्रदेशमा भने भोलि साेमवार ठूलो पानी पर्ने सम्भावना छ ।  

यस्तै हिमाली जिल्लामा पनि वर्षासहित हिमपातको सम्भावना छ । पानी पर्न सुरु भएसँगै गर्मीको महसुस बिस्तारै कम भएको छ । 

यसैबीच बाढी सूचना केन्द्रले विशेष बुलेटिन निकालेर मध्य र सुदूरपश्चिका नदी तथा खोलामा बाढी आउने चेतावनी दिएको छ । केन्द्रले महाकाली, सेती, भेरी, मध्यपहाडका चुरे र तराई भएर बग्ने साना नदी तथा खोलामा बाढी आउन सक्ने भएकाले सतर्क रहन भनेको छ । 

यस्तै कर्णाली, नारायणी, कोसी, तिनाउ, कन्काई लगायतका नदीमा आकस्मिक बहावको जोखिम रहेकाले कात्तिक ३ गतेसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको सुझाव छ ।  

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया