देशका धेरै ठाउँमा वर्षा : पर्सिदेखि मात्रै मौसममा सुधार हुने

 कात्तिक २, २०७८ मंगलबार ९:३९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भैरहेको छ । सुदूरपश्चिम र प्रदेश १ का थोरै ठाउँमा भारी वर्षा भएको छ । कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा पनि पानी परिरहेको छ ।

आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । आज राति र भोलिसम्म नै निरन्तर ठूलो पानी पर्ने र पर्सिदेखि भने मौसममा सामान्य सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।

पर्सिदेखि पनि बादल रहने भएकाले मौसम पूरै सफा नहुने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । शनिबार रातिदेखि देशका विभिन्न ठाउँमा लगातारको वर्षाले जनजीवन प्रभावित भएको छ । बंगालको खाडी र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभाव नेपालमा रहेकाले मौसम बदली तथा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया