दुई वटा प्रदेशमा ठूलो पानी पर्दै, डडेल्धुरामा २४ घण्टामै दुई सय २० मिलिमिटर वर्षा

 कात्तिक २, २०७८ मंगलबार १६:४१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

महाकालीमा आएकाे बाढी

काठमाण्डाै – अहिले प्रदेश १ र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी परिरहेको छ । आज मङ्गलवार बिहानसम्म सुदूरपश्चिममा ठूलो पानी परिरहेकोमा आज बिहानदेखि प्रदेश १ मा पनि ठूलो पानी परिरहेको हो ।

प्रदेश १ मा भोलि बुधवारसम्म नै ठूलो पानी पर्नेछ भने सुदूरपश्चिममा भोलिदेखि केही कम हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । सुदूरपश्चिममा निकै ठूला–ठूला बाढी आएको र यो क्रम अझै बढ्न सक्ने मौसमविद्को अनुमान छ ।

यस्तै अहिले गण्डकी, वाग्मती र प्रदेश २ मा पनि पानी पर्न सुरु भएको छ । यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको र अरू ठाउँमा मध्यम वर्षा हुने मौसमविद् शाक्यको भनाइ छ ।

काठमाण्डौ उपत्यकामा पनि आज राति ठूलो पानी पर्ने सम्भावना छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै डडेल्धुरामा दुई सय २० मिलिमिटर पानी परेको छ । २४ घण्टामै दुई सय २० मिलिमिटर वर्षा निकै कम हुने गरेको 'रेकर्ड' रहेको मौसमविद् शाक्यले बताउनुभयो ।

पर्सि बिहीवारदेखि भने ठूलो पानी पर्ने क्रम कम हुने तर ठाउँ–ठाउँमा मध्यम वर्षाको सम्भावना रहने महाशाखाले जनाएको छ ।   

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया