आज कर्णाली र सुदूरपश्चिममा कम पानी पर्ने : प्रदेश १, २, गण्डकी र लुम्बिनीका केही ठाउँमा भने धेरै पर्ने अनुमान

 कात्तिक ३, २०७८ बुधबार ७:३०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

प्रदेश १ का केही ठाउँमा आज पनि लगातारजसो झरी पर्ने मौसमविद्ले बताएका छन् । कर्णाली र सुदूरपश्चिममा भने पानी पर्न केही कम भएको मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँका अनुसार प्रदेश १, प्रदेश  २, बागमती  प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी  प्रदेशका धेरै ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा आज पनि मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर, आज हिजोको भन्दा पानी अलि कम पर्ने पूर्वानुमान गरिएको छ ।

भोलिदेखि बिस्तारै क्रमशः मौसम खुल्दै जाने मौसमविद् शाक्यले बताउनुभयो । भारतको विहार र उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभाव परेकाले गएको आइतबारदेखि लगातार पानी परिरहेको छ । सामान्यतया अक्टोबर, नोभेम्बर र प्रि मनसुनको समयमा बंगालको खाडीमा चक्रवात विकास हुने समय भएकाले यो समयमा धेरै पानी पर्ने मौसमविद्ले बताएका छन् ।

अहिलेको मौसमी प्रणालीले चक्रवात विकसित हुन नसके पनि लगातार पानी पारिरहेको छ । मौसम सम्बन्धी जानकारी इन्टरनेट, रेडियो, टेलिभिजन र पत्रपत्रिकामा आइरहेकाले त्यहीअनुसार आफ्नो कामलाई अगाडि बढाउन पनि मौसमविद्ले आग्रह  गरेका छन् । मौसम सम्बन्धी प्राप्त जानकारी पालना गरे क्षति न्यूनीकरणमा सहयोग पुग्ने भएकाले लापरबाही नगर्न मौसमविद्को आग्रह छ । 


 

अन्तिम अपडेट: असोज २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया