पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वमा सर्‍याे, पूर्वी क्षेत्रका धेरै नदीमा बाढी

 कात्तिक ३, २०७८ बुधबार १०:७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतर्फ सरेकाले पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी परेको छ । दिनभर नै केही ठाउँमा ठूलो वर्षा भैरहने मौसमविद्ले बताएका छन् ।

पूर्वका धेरै नदी खोलामा अहिले बाढी आएको छ ।  कोसी नदीमा पानीको सतह खतराको तह भन्दा माथि पुगेकाले सुनसरी, सप्तरी, धनकुटा, तेह्रथुम, मोरङ, पाँचथरको फिदिमका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ । यस्तै, कन्काई नदीमा पनि बाढीको सतह बढिरहेकाले झापाको चन्द्रगढी विमानस्थल, कन्काई, अनारमनि बिर्ता र दमकमा पनि जोखिम बढेको छ । विराटनगर विमानस्थलमा समेत बाढी पसेपछि उडान रोकिएको छ ।

मौसमविद् सजिना शाक्यका अनुसार पूर्वका केही ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेकाले नदीमा पानीको सतह बढ्दै जाने जोखिम छ । उहाँले यस क्षेत्रमा बसोबास गर्नेहरुलाई सतर्कता अपनाउन आग्रह पनि गर्नु भएको छ । मौसमविद्का अनुसार प्रदेश १ का धेरै ठाउँमा आज लगातार जसो पानी पर्ने सम्भावना छ । हिजो, अस्ति लगातारजसो पानी परेको कर्णाली र सुदूरपश्चिममा भने आज कम पानी पर्ने अनुमान छ । तर, वर्षा पूर्ण रुपमा नरोकिएकाले त्यस क्षेत्रमा पनि बाढी पहिरोको जोखिम भने रहेको मौसमविद्ले बताएका छन् ।

नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यूनचापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव परेको छ । भोलिदेखि मौसम विस्तारै खुल्दै जाने मौसमविद्ले बताएका छन् । 
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया