सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो
जेठ २, २०८१ बुधबार
डाेटी - लगातारकाे वर्षापछि आएकाे बाढी–पहिराेका कारण विगत पाँच/छ दिनदेखि बन्द भएको डाेटीकाे विद्युत् तथा सञ्चार सेवा सञ्चालनमा आएकाे छ ।
वर्षाका कारण रुख ढलेर कैलालीको भासुभिर नजिक ३३/११ सय केभिए विद्युत् प्रसारणको पोलमा क्षति भएका कारण बन्द बनेको विद्युत् सेवा गए रातिबाट सञ्चालनमा आएसँगै अहिले फोन तथा इन्टरनेट सेवा पनि सञ्चालन भएको साना जलविद्युत् केन्द्र दिपायलले जनाएको छ । बन्द विद्युत् र फोन सेवा सञ्चालन भएसँगै यहाँका नागरिकलाई आफ्ना समस्याका बारेमा जानकारी लिन र दिन सहज भएको छ ।
यहाँका प्रमुख बजार, दिपायल, पिपल्ला, सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम राजपुरमा फोन तथा विद्युत् सेवा सञ्चालन भए पनि ग्रामीण क्षेत्रमा विस्तार गरिएका विद्युत् पोल पहिराेले बगाएका कारण सञ्चालन हुन नसकेको जलविद्युत् केन्द्रका प्रमुख कुम्भराज जोशीले बताउनुभयो ।
प्रमुख सहरबजारमा विद्युत् र फोन सेवा सञ्चालन भए पनि यहाँका ग्रामीण क्षेत्रमा सञ्चालन नभएका तथा सडक सञ्जालसमेत बन्द हुँदा गाउँमा बाढी–पहिराेले के–कति क्षति पुर्याएको छ भन्ने विषयमा जानकारी लिन निकै समस्या भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताउनुभयो । डोटीसँगै छिमेकी जिल्ला डडेलधुरामा फोन र विद्युत् सेवा सञ्चालन भए पनि जिल्ला अछाम तथा बाजुरामा भने सञ्चालन हुनसकेको छैन ।
डाेटीको जोरायल गाउँपालिका–६ गुनडमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा रहेकाे ब्याट्री चार्च हुन नसक्दा गाउँघरमा फोन तथा फोरजी इन्टरनेट सेवा सञ्चालन हुननसकेको जोरायल गाउँपालिका–६ निरौलीका सुरेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बेमौसमी वर्षासँगै बाढीपहिराेका कारण यहाँ अहिलेसम्म १६ जनाको ज्यान गइसकेको छ । यसैगरी बाढी पहिराेका कारण १२ जना घाइते, ३५ चौपायाको मृत्यु, २५ घाइते र २० बेपत्ता छन्।
विस्थापित घरधुरी सङ्ख्या ११०, विस्थापित नागरिक ५ सय तथा दुई वटा झोलुङ्गे पुलमा क्षति भएको छ । डाेटीमा बाढी–पहिराेका कारण भएको थप धनजन क्षतिका बारेमा खबर सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो ।
वर्षाका कारण किसानले काटेका धान बाढी र पहिराेले बगाएको छ भने खेतमा रहेकाे धान पानीले पूरै डुबाएको छ । क्षतिको विवरण सङ्कलन तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली खटिएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।