सीमापारि बजारमा नेपाली ग्राहक भारु १ सयको १ सय ६६ रुपैयाँ ...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से आज आइतवार ५५ अङ्कभन्दा धेरैले बढेको छ । अघिल्लो हप्ताभर नै बढेको नेप्से यो हप्ताको पहिलो दिन आज ५५ दशमलव २५ अङ्कले बढेर दुई हजार आठ सय ३७ दशमलव ३६ विन्दुमा पुगेको छ ।
आज बैंकिङबाहेक सबै समूहको शेयर उकालो लागेको छ । आज व्यापार समूहको शेयर एक सय ८७ अङ्कले, होटलको एक सय ७३, विकास बैंकको तीन सय ३८, जलविद्युतको एक सय ६६, फाइनान्सको ९२ र माइक्रोफाइनान्स समूहको शेयर एक सय ४३ अङ्कले बढेको छ ।
यस्तै जीवन बीमा समूहको शेयर दुई सय ३० अङ्कले, निर्जीवन बीमा समूहको ६ सय तीन अङ्कले, उत्पादनको तीन सय १९ र अन्य समूहको शेयर झन्डै तीन अङ्कले बढेको छ ।
आज कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । दुई सय ३२ कम्पनीका एक करोड ३८ लाख कित्ता शेयर सात अर्ब ८२ करोड ३२ लाख रुपैयाँमा कारोबार भएका छन् ।
आज चन्द्रागिरि हिल्स, सामुदायिक लघुवित्त, साहस ऊर्जालगायत आठ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि एभरेस्ट बैंकको शेयर सबैभन्दा धेरै साढे ६ प्रतिशतले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।