वाग्मती प्रदेश सभामा एमाले पहिलाे पटक प्रतिपक्षकाे भूमिकामा उपस्थित हुँदै

 कात्तिक २२, २०७८ सोमबार १३:४१:१७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेश सभामा नेकपा एमाले पहिलो पटक प्रमुख प्रतिपक्ष दलको भूमिकामा उपस्थित हुुँदैछ । साढे तीन वर्षभन्दा बढी सत्तामा रहेको एमाले पहिलो पटक प्रदेश सभामा प्रतिपक्ष दलको हैसियतमा उपस्थित हुने एमालेका प्रमुख सचेतक दीपक निरौलाले जानकारी दिनुभयो ।

आज साेमवार दिउँसो ३ बजे वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेश सभामा मुख्यमन्त्री पाण्डेले बोलेसँगै मत विभाजन हुने तयारी छ ।

नेकपा एमालेले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने छैन । एमाले वाग्मती प्रदेश संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले मत विभाजनमा एमाले सहभागी भए पनि पाण्डेलाई मत नदिने बताउनुभएकाे छ । 

प्रदेश सभा बस्नुअघि एमालेको संसदीय दलको बैठक बस्नेछ । पहिलो पटक एमाले प्रमुख प्रतिपक्षको भूमिकामा आएकाले एमाले संसदीय नियमअनुसार अघि बढ्ने प्रमुख सचेतक निरौलाले बताउनुभयो । प्रतिपक्षको भूमिका सत्तापक्षको भन्दा फरक हुने भएकाले त्यसबारे प्रष्ट पार्न दलको बैठक राखिएको समेत प्रमुख सचेतक निरौलाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया