प्रहरीसँग वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया

 जेठ २०, २०७५ आइतबार १०:४८:१७
unn.prixa.net

धादिङ, जेठ २० – वैदेशिक रोजगारलाई सुरक्षित बनाउन धादिङमा प्रहरीसँग अन्तरक्रिया गरिएको छ । 

वैदेशिक रोजगारीमा देखिएका समस्या न्युनिकरण गर्न र वैदेशिक रोजगारलाई सुरक्षित बनाउन चन्द्रज्योती एकिकृत ग्रामीण विकास समाज सिड्स धादिङको आयोजना र सामी हेल्भेटासको सहयोगमा प्रहरीसँग अन्तरक्रिया गरिएको हो । 

सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले वैदेशिक रोजगारमा देखिएका समस्या र प्रहरी प्रशासनले खेल्नुपर्ने भूमिकाका विषयमा जानकारी गराएको कार्यक्रममा सामीका जिल्ला परियोजना संयोजक कमलबहादुर रोकायले वैदेशिक रोजगारको अहिलेका चुनौती र कानुनी जटिलताका विषयमा जानकारी गराउनुभएको थियो । 

सामीका कार्यक्रम संयोजक गँगा सुवेदीले जिल्लामा वैदेशिक रोजगारमा देखिएका समस्या, वैदेशिक रोजगारमा हुने गरेको ठगी, सूचना तथा परामर्श केन्द्रले गरेको गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । 

कार्यक्रममा धादिङका प्रहरी निरीक्षक रामबहादुर केसीले वैदेशिक रोजगारमा हुने ठगी र मानव बेचबिखनको समस्या न्यूनिकरणका लागि प्रहरीले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी भएर आ–आफ्नो क्षेत्रमा खटिएपछी सुरक्षित वैदेशिक रोजगारीका विषयमा जानकारी गराउनुभएको थियो । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया