पाँच प्रदेशमा भारी हिमपातको सम्भावना

 मंसिर १५, २०७८ बुधबार ९:९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – आज देशका पाँच प्रदेशमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम सम्बन्धी विशेष बुलेटिन निकालेर मौसमविद्ले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको बताएका हुन् ।

पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज बेलुकादेखि हिमपात हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो । यस्तै, आज देशका केही पहाडी क्षेत्रमा हल्का वर्षासमते हुने उहाँले बताउनुभयो ।

यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाइ र यातायातसँगै दैनिक जीवनमा नै असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । पर्वतारोहणमा जाँदा वा एक ठाउँबाट अर्को ठाउँमा जाँदा मौसमको अवस्था बारे जानकारी लिन सुझाव  दिइएको छ ।  यस्तै, मौसम पूर्वानुमान महाशाखाले यो प्रणालीले पार्ने असर बारे निरन्तर अनुगमन गरिरहेको र आवश्यकता अनुसार सूचना निकाल्ने पनि जनाएको छ ।

हिमपात र वर्षाले चिसो थप बढाउने हुँदा विशेष सतर्कता अपनाउन  पनि महाशाखाको आग्रह छ ।  नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण अबका दिनमा तापक्रममा  अझै घट्ने र चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ ।


 

अन्तिम अपडेट: असोज २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया