प्युठानमा अटाे रिक्सालाई टिपरले ठक्कर दिँदा २ जनाकाे ज्यान गयाे

 मंसिर २०, २०७८ सोमबार १६:२:४१ | एलबी थापा
unn.prixa.net

प्युठान – प्युठानमा अटो रिक्सालाई टिपरले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । 

जुम्री बजारबाट चेरनेटाका लागि छुटेको लु १ ह ५७०७ नम्बरको अटो रिक्सालाई टिपरले ठक्कर दिँदा प्युठान नगरपालिका ३ का ३५ वर्षीय अमृत थापा र चार वर्षका सुशान्त थापाको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते चार जनालाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ । 

ठक्कर दिएपछि टिपर चालक भागेका छन् । घटनापछि भालुवाङ–प्युठान सडक खण्डको चेरनेटा र चकचके बीचको सडक खण्डमा गाडी चलेका छैनन् । स्थानीयवासीले टिपर चालकलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने र मृतकका आफन्तले क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै सडक बन्द गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

एलबी थापा

एलबी थापा प्यूठानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया