यो हप्ताभरि नै मौसम बद्ली हुने : वर्षा र हिमपातको सम्भावना

 पुष ११, २०७८ आइतबार ७:३८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । यस्तै, हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । मौसमविद् सजिना शाक्यकाअनुसार आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ ।

आज राति पश्चिमी क्षेत्रमा पानी पर्ने उहाँले बताउनुभयो । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा राति पानी पर्ने उहाँले बताउनुभयो । यस्तै, भोलि पनि देशभरको मौसम यस्तै रहने छ । आज काठमाण्डौमा फाट्टफुट्ट मात्रै पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो।

मौसम बद्ली भइ हिमपात र वर्षाको सम्भावना रहेकाले यो हप्तामा चिसो अझ बढ्ने छ । पश्चिमी वायुको प्रभावका कारण यो हप्ताभरिकै मौसम आंशिकदेखि पूर्ण बद्ली हुने सम्भावना छ । यसैबीच, अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु, कुहिरो लागेको छ।

काठमाण्डौमा केहीबेर कुहिरो हटे पनि फेरि मौसम बद्ली हुने सम्भावना रहेकाले चिसो बढ्ने मौसमविद्ले बताएका छन् । गएराति बादल लागेकाले आज काठमाण्डौको न्यूनतम तापक्रम भने बढेको छ । बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस रहेको मौसमविद् शाक्यले बताउनुभयो।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया