वर्षा र हिमपातको सम्भावना, ‘चिसाेबाट जाेगिऔँ’

 पुष १३, २०७८ मंगलबार २०:२५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । याे मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   

उच्च पहाडी तथा हिमाली भू–भागका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ । महाशाखाले आउँदाे २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवम् सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । देशको पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको तथा देशका पहाडी भूभागको केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । 

रातिको समयमा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्ष र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भेगमा बाक्लो तुवाँलो लागेको छ भने तराईका कतिपय ठाउँमा हुस्सु/कुहिरो लागेको छ ।

भाेलि बुधवार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाण्डाैकाे न्यूनतम तापक्रम ३ दशमलव ६ र अधिकतम तापक्रम १५ दशमलव २ डिग्री सेल्सियस रहेको छ । 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया