देशभर कठ्याङ्ग्रिँदो चिसो, काठमाण्डाैसहित धेरै ठाउँमा बाक्लो हुस्सु

 पुष १६, २०७८ शुक्रबार ७:३३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको छ ।

बिहानैदेखि देशका धेरै ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो। उहाँकाअनुसार उपत्यकासहित पहाडी क्षेत्रमा लागेको हुस्सु बिस्तारै हटेर घाम लाग्ने सम्भावना छ । तर, तराईका जिल्लामा लागेको हस्सु, कुहिरो हट्न समय लाग्ने छ ।

बाक्लो हुस्सुका कारण तराईमा कठ्याङ्ग्रिँदो चिसो छ । हिउँदे वर्षा र हिमपातले चिसो झनै बढाएको छ । चिसो भगाउन आगो ताप्ने तथा हिटर जस्ता विद्युतीय उपकरणको प्रयोग बढेको छ । तर, असावधानीका कारण यसरी तातो न्यानो हुन खोज्दा ज्यानै जोखिम धेरै हुन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, तातो  पानीका लागि ग्याँस गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा सावधानी अपनाउन अपिल गरेको छ । मन्त्रालयले  सूचना निकालेर हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा ग्याँस गिजर प्रयोग गर्न आग्रह गरेको हो ।

मन्त्रालयले कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न, आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न पनि अनुरोध गरेको छ । यसैगरी मन्त्रालयले आगो तापिसकेपछि त्यसलाई पूरै निभाउन, हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्न, सुत्नुअघि अनिवार्यरूपमा हिटर निभाउन आग्रह गरेको छ ।

चिसोका कारण स्वास्थ्य समस्या देखा परे तत्काल स्वास्थ्य संस्थामा सम्पर्क राख्न समेत मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया