बुधवारदेखि देशभरकाे माैसम बदली भएर पानी पर्ने सम्भावना

 पुष १९, २०७८ सोमबार १८:४०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आउँदाे बुधवारदेखि देशभरको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायु सक्रिय हुने भएकाले पर्सि २१ गते बुधवार बेलुकादेखि शुक्रवारसम्म देशभरको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । पश्चिमी वायुको असर शुक्रवारपछि पनि रहन्छ वा रहँदैन भन्ने कुरा भने कत्तिको सक्रिय हुन्छ भन्नेमा भर पर्ने उहाँले बताउनुभयो ।

शुक्रवार सुदुरपश्चिम क्षेत्रबाट पश्चिमी वायुको प्रभाव देखिन थाल्ने भएकाले सुदूरपश्चिममा आउने बुधवार अलि धेरै पानी पर्ने सम्भावना रहेको छ । त्यसपछि बिस्तारै मध्य हुँदै पूर्वतर्फ सर्नेछ र देशभरि नै प्रभाव पर्नेछ ।

माैसम बदलीका कारण देशका धेरै ठाउँमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।  तर धेरै ठूलो पानी पर्ने सम्भावना भने छैन । चिसोको समयमा मौसम बदली भएर सानो पानी पर्दा पनि चिसो धेरै नै बढ्छ । मौसम बदली भएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्ने भएकाले चिसो अझै बढ्न सक्ने सम्भावना रहेको छ ।

माैसम पूर्वानुमान विभागका अनुसार आज र भोलि भने देशका धेरैजसो ठाउँमा दिनभरि घाम लाग्नेछ । प्रदेश २ र गण्डकी प्रदेशका केही ठाउँमा बिहान बेलुका कुहिरो लाग्ने सम्भावना छ । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Roshan Kumar Gupta

    Jan. 4, 2022, 8:13 a.m.

    Daily news comming

  •  0 Reply

तपाईको प्रतिक्रिया