देशका धेरै ठाउँको मौसम बद्ली : आज पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

 पुष २१, २०७८ बुधबार ७:३६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका धेरै ठाउँमा आज मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातको सम्भावनासँगै यी  प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् शमीर श्रेष्ठले जानकारी दिनुभयो ।

आज दिनभरजसो पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पर्ने देखिएको छ । राति पनि यी प्रदेशका हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो । भोलि भने काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा पनि हल्का पानी पर्ने अनुमान छ । यस्तै, पर्सि शुक्रबार पनि मौसम बद्ली भइ केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् श्रेष्ठकाअनुसार यसपालि पश्चिमी न्यून चापीय  प्रणाली अघिल्लो पटकको जस्तो शक्तिशाली छैन । त्यसैले गएको हप्ताको जस्तो पानी पर्ने सम्भावना छैन । तर धेरै ठाउँमा हल्का वर्षा भने गराउने उहाँले बताउनुभयो । आउँदो शनिबारसम्म नै मौसम बद्ली हुने पूर्वानुमान गरिएको छ । वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया