जिप्रका बर्दियाका सहायक प्रजिअसहित १९ जना सङ्क्रमित, ५ दिनसम्म सेवा प्रभावित हुने

 माघ १०, २०७८ सोमबार १८:५८:५३ | भावुक योगी
unn.prixa.net

बर्दिया – जिल्ला प्रशासन कार्यालय बर्दियाले माघ १५ गतेसम्मका लागि अत्यावश्यक (शान्ति सुरक्षा) बाहेकका सेवा स्थगित गरेकाे छ । 

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीसहितका धेरैजसाे कर्मचारी कोरोना सङ्क्रमित भएपछि माघ १५ गतेसम्मका लागि सेवा प्रवाह स्थगित गरिएकाे कार्यालयका प्रशासकीय अधिकृत नारायण ढकालले जानकारी दिनुभयो । 

आज सोमवार गरिएको कोरोना परीक्षणमा सहायक प्रजिअसहित १९ जना सङ्क्रमित भएपछि कार्यालयले विज्ञप्ति निकालेर सेवा प्रवाह स्थगित गरिएकाे जानकारी गराएकाे हाे । 

कोरोना सङ्क्रमित शून्य जिल्ला बनाउन अभियानमा थिएँ तर अब आफैँ पनि सङ्क्रमित हुने भइयो, प्रजिअ सन्तबहादुर सुनारले भन्नुभयाे । शान्ति, सुरक्षाबाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सङ्घ–संस्था दर्ता, नवीकरण लगायतका सेवा अहिलेलाई पाँच दिनका लागि स्थगित गरिएको उहाँले बताउनुभयो । 

कोरोना भाइरसकाे नयाँ भेरियन्ट ओमिक्राेनकाे सङ्क्रमण बढेसँगै बर्दियामा झन्डै साढे पाँच सय सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया