मुग्लिन–नारायणगढ सडकमा एकतर्फी गाडी सञ्चालन

 भदौ २७, २०७५ बुधबार ८:२६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नारायणगढ मुग्लिन सडकखण्डको चारकिलोमा साेमबार राति खसेको पहिरोका कारण अहिले गाडी एकतर्फी मात्रै चलेका छन् ।

चार किलोमा पहिरो गएपछि सोमबार रातिदेखि बन्द भएको सडक १८ घन्टापछि मंगलबार साँझ एकतर्फी खुलेको थियो । राति केहीबेर दुईतर्फी नै गाडी चले पनि सबै पहिरो पन्छाउन अहिले गाडी एकतर्फी मात्रै चलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

सोमबार रातिदेखि रोकिएका गाडी गन्तब्यमा जान थालेको र तीजका कारण अरु बेला भन्दा धेरै गाडी चलेकाले अहिले मुग्लिन–नारायणगढ सडकमा गाडी चापमा चलिरहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख बेदप्रसाद गौतमले जानकारी दिनुभयो । 

दिउँसोसम्म सडक दुइतर्फी नै चलाउने तयारी भएको पनि उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया