छहरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
दाङ - प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अन्य सात जना गम्भीर घाइते भएका छन् ।
नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप आज बिहान एक बजे ओखरपाटामा दुर्घटनामा परेकाे हाे ।
जीप सडकबाट ३ सय मिटर तल खोल्सामा खसेको थियाे ।
घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सत्यनारायण थापाले बताउनु भएकाे छ ।
दुर्घटनामा बेहुला, बेहुली नै गम्भीर घाइते भएका छन् । उनीहरुकाे बिजुवार अस्पतालमै उपचार भइरहेकाे थापाले बताउनु भयाे ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेकाे छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।