आज प्रदेश-१ का केही ठाउँमा हल्का पानी पर्ने अनुमान, भोलि पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

 माघ २५, २०७८ मंगलबार ८:२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी र प्रदेश-१ को मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ भने अन्य प्रदेशको मौसम आंशिक बद्ली छ ।

तराईका जिल्लामा अहिले हुस्सु, कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभावका कारण आज दिउँसाे प्रदेश-१ का केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो। उहाँकाअनुसार भोलिदेखि फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर पर्ने सम्भावना छ ।

विशेषगरी यो प्रणालीको असर पश्चिमी क्षेत्रमा धेरै पर्ने मौसमविद् शाक्यले बताउनुभयो । भोलि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातको सम्भावना छ ।

पर्सि भने वाग्मती, प्रदेश-१ र मधेस प्रदेशका केही ठाउँमा पनि पानी पर्ने मौसमविद् सजिना शाक्यले बताउनु भएको छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया