बर्दिया र बाँकेको उत्तरी मध्यवर्ती क्षेत्रमा एकै पटक २१ वटा होमस्टे सञ्चालन हुँदै

 माघ २६, २०७८ बुधबार १५:५०:३९ | भावुक योगी
unn.prixa.net

बर्दिया – चुरे क्षेत्रमा बाघ संरक्षण नारासहित बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको उत्तरी मध्यवर्ती क्षेत्रमा एकै पटक २१ वटा हाेमस्टे सञ्चालन गर्न लागिएकाे छ । स्थानीयवासीकाे आयआर्जनमा सहयोग पुर्‍याउँदै उनीहरूलाई वन र वन्यजन्तु संरक्षणमा जोड्नका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको सहयोगमा होमस्टे सञ्चालन गर्न लागिएको हाे । 

बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी मध्यवर्ती क्षेत्रकाे हर्रेकाँडा हुँदै बाँके निकुञ्जको उत्तरी मध्यवर्ती क्षेत्र र भावर क्षेत्रको राप्तिसोनारी मध्यवर्ती क्षेत्र अन्तर्गत गावरसम्म गरी झन्डै तीन घण्टाको पैदल दुरीमा २१ वटा होमस्टे सञ्चालन गर्न लागिएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा. रविन कडरियाले जानकारी दिनुभयो । 

होमस्टे व्यवस्थापन सञ्चालन गर्नुअघि होमस्टे सञ्चालनसम्बन्धी तरिका र नियमहरूको बारेमा जानकारी दिने उद्देश्यसहित हाेमस्टे सञ्चालन गर्न छनाेट भएका २१ जना स्थानीयवासीलाई तीन दिने तालिमसमेत दिइएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने कर्णाली चिसापानीदेखि बाँके राष्ट्रिय निकुञ्जको उत्तरी मध्यवर्ती क्षेत्र फुर्केसल्ली मलई, दाङसम्म झन्डै सात दिनको पदमार्गकाे समेत प्रारम्भिक सर्वेक्षण सुरु भइसकेको कडरियाले बताउनुभयो ।

निकुञ्जको उत्तरी क्षेत्रका स्थानीयवासीले खेतबारीमा आएका जङ्गली जनावर भरुवा भन्दुकको प्रयोगबाट मारेर खाने तथा बेचबिखन गर्ने परम्परागत चलन थियो । बर्दिया निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, संरक्षण अभियानमा लागेका सङ्घ–संस्था र संरक्षणकर्मीले संरक्षण अभियान सुरु गरेपछि झन्डै ११ वर्षअघि उत्तरी क्षेत्रका स्थानीयवासीले झन्डै दुई सय ५० थान भरुवा बन्दुक निकुञ्जमा बुझाएका थिए । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया