छहरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – शेयर बजार आज बुधवार पनि घटेको छ । हिजो मङ्गलवार १६ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ११ अङ्कले घटेर दुई हजार आठ सय १३ दशमलव ४७ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज कारोबार रकम र सङ्ख्यामा पनि कमी आएको छ । ६५ लाख २० हजार कित्ता शेयर तीन अर्ब ४७ करोड ११ लाख रुपैयाँमा कारोबार भएकाे छ ।
आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको १८ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोको शेयर साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि लिबर्टी इनर्जीको शेयर तीन प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।