पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव हट्यो, वर्षा हुने अर्को प्रणाली नआए गर्मी बढ्ने

 माघ २७, २०७८ बिहीबार ७:३६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालबाट हटेको छ ।

यो प्रणालीका कारण हिजो पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भएको थियोे । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव हटेकाले अब केही दिन वर्षाको सम्भावना नरहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

हिजो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा वर्षा भएको थियो । यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको थियो । अब वर्षा र हिमपात हुने अर्को प्रणाली नआए गर्मी बढ्दै जाने मौसमविद्ले बताएका छन् । अहिले पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

तराईका जिल्लाका केही ठाउँमा हुस्सु, कुहिरो छ । तर, बिस्तारै मौसम सफा भइ घाम लाग्ने मौसमविद्ले बताएका छन् ।
 

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया