जाडोयाम सकिँदै, तापक्रम बढ्दै

 फागुन ४, २०७८ बुधबार ७:५६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जाडोयामको अन्तिमतिर आएसँगै चिसो कम हुन थालेको छ । बिहान र बेलुका केही चिसो भए पनि दिउँस गर्मी छ ।

केही दिन यता मौसम पनि सफा नै रहेकाले अधिकतम र न्युनतम तापक्रम बढेको छ । यसले गर्दा चिसो घट्दै गएको छ । विराटनगर,  सिमरा, जनकपुर र धनगढीको अधिकतम तापक्रम २५ डिग्री सेल्सियस भन्दा माथि पुगिसकेको छ भने नेपालगन्जको २४ दशमलव ६, भैरहवाको २४ दशमलव ३, वीरेन्द्रनगरको २३ र काठमाण्डौको अधिकतम तापक्रम १९ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । आज पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार पहाडी क्षेत्रका एक दुई ठाउँमा भने हल्का वर्षाको सम्भावना छ ।
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया